Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रचण्डको झोंकमा पर्दा यी प्रजिअको सरुवा

सबै कार्यालय प्रमुखलाई आफ्नो नियन्त्रणमा राख्ने रणनीति

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं । सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा होमिएको एमाओवादीको व्यवहार र शैली अझै पनि परिवर्तन भइनसकेको आरोप लाग्ने गरेका बेला गोरखामा हालै भएको एक घटनाले थप पुष्टि गरेको छ ।

एमाओवादीका अध्यक्ष प्रचण्ड गोरखा पुगेका बेला राम्रोसँग आतिथ्य नगरेकै आधारमा त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरिएपछि यस्तो टिप्पणी भएको हो ।

गत शनिबार गोरखा आउने क्रममा सीडीओ र प्रहरी प्रमुख (डिएसपी) ले आतिथ्य नगरेको भन्दै प्रचण्डले प्रशिक्षणमा कार्यकर्तासँग असन्तुष्टि व्यक्त गरेको थियो र भाषणका क्रममा घुमाउरो पाराले सरुवा गर्ने चेतावनीसमेत दिएको थियो ।

प्रचण्डले त्यस्तो धम्कीपूर्ण भाषण गरेको चौथो दिनमै प्रजिअ बलदेव गौतमको सप्तरी सरुवा हुनु संयोगमात्र मान्न सकिन्न । स्रोतका अनुसार, सप्तरीका नारायण भट्टलाई गोरखा सरुवा गरिएको छ ।

त्यसो त भट्टलाई यसअघि नै एमाओवादीले गोरखा सरुवा गरेर ल्याउने हल्लासमेत चलेको थियो भने एमाओवादीका स्थानीय नेताको खटनपटनअनुसार काम नगरेको आरोप गौतममाथि लाग्ने गरेको थियो ।

गोरखा आएको ४३ दिनमै गौतमको सरुवा भएको बताइन्छ । स्रोतका अनुसार प्रचण्डका पूर्व स्वकीय सचिव चूडामणि खड्का दलको गोरखा इन्चार्ज भएर आएसँगै कार्यालयप्रमुखहरुले एमाओवादी अनुकूल काम नगरे सरुवा गरेर नयाँ हाकिम ल्याउने सर्कुलर कार्यकर्तामाझ भएको थियो ।

विमर्शका अनुसार गोरखा आएका बेला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिल्ला सीमानासम्म स्वागत र एस्कर्टिङ गर्न नगएकोमा प्रचण्डले असन्तुष्टि भाषणपछि प्रशिक्षणलगत्तै प्रजिअको सरुवा हुने कतिपयले आँकलन गरिसकेका थिए ।

अन्ततः पूर्वनुमान सही भयो । एमाओवादीको यस्तो व्यवहार हेर्ने हो भने उनीहरुले सबै कार्यालय प्रमुखलाई आफ्नो नियन्त्रणमा राख्ने रणनीति लिएको सम्बद्धहरुले बताउन थालेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan