Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेविसंघको बन्दसत्र स्थगित, भोली २ बजे बन्दसत्र हुने

न्यूजअभियान | प्रकाशित मिति : |
newsabhiyan

काठमाडौ । कांग्रेसको भ्रातृ संस्था नेविसंघको आज हुने भनिएको बन्द सत्र स्थगित भएको छ । विशेष कारणवश बन्दसत्र स्थगित गरिएको नेविसंघका प्रवक्ता युपि लामिछानेले जानकारी दिएका छन् ।

उनको अनुसार बन्दसत्र भोली २ बजे हुने छ । आफूअनुकूल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरूबीच नै आरोप–प्रत्यारोपमा उत्रिएसँगै नेविसंघको महाधिवेशनमा विवाद भइरहेको छ ।

महाधिवेशनमा भाग लिने प्रतिनिधिको विवादलाई लिएर पार्टी संस्थापन (सभापति शेरबहादुर देउवा) पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच आरोप–प्रत्यारोप भइरहेको छ ।

भृकुटीमण्डपमा आइतबार सुरु संघको एघारौं महाधिवेशन उद्घाटन समारोहमै शीर्षस्थ नेताहरूबीच आरोप–प्रत्यारोप चलेपछि सोमबार बिहानबाट सुरु हुने भनिएको बन्दसत्र सुरु हुनेमै आशंका उब्जिएको थियो ।

महाधिवेशनबाट ६४ जिल्लाको प्रतिनिधि छनोट भए पनि ११ जिल्लामा भागबन्डाका आधारमा मिलाउने प्रयास भएपनि प्रतिनिधि विवाद मिल्न सकेको छैन ।

सिटौला पक्षले भने महाधिवेशन भएका ६४ जिल्लामध्ये अधिकांशमै संस्थापन पक्ष र पौडेल पक्षबीच भागबन्डा आधारमा प्रतिनिधि बाँडिएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan