महतो र अमेरिकन पोलेटीकल चिफ बिच भेंट
काठमाण्डौ । आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक जना शिर्ष नेता तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल स्थित रहेको अमेरिकन राजदुताबासका पोलेटीकल चिफ एण्ड्री गुडम्यान बिच भेंटघाट भएको छ । बानेश्वरको लाखेचौर मार्गमा रहेको सदभावना पार्टी सम्पर्क कार्यालय आज उक्त भेटघाट भएको हो ।
भेंटघाटका क्रममा महतोले मधेश आन्दोलनको माग र आन्दोलनको क्रममा मानव अधिकारको हनन बारे प्रमुख रूपमा जानकारी गरीएको सदभावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले जानकारी गराएको बताएका छन् । भेंटमा अमेरिका जस्तो देश नेपालमा भईरहेको गैर न्यायिक हत्या, दमन र बिभेदकारी सम्बिधान बारे पनि बोल्नु पर्ने महतोले आग्रह गरेको बताए ।
भेंटमा पोलेटीकल सेक्रेटरी एण्ड्रीले सरकारसँग निरन्तर वार्ता गर्नुपर्नेमा जोड़ दिएको र आफ्नो सरकारले प्रधानमन्त्रीको चिन भ्रमणबाट फर्के पश्चात भेंटेर सबै कुरामा चासो ब्यक्त गर्ने छ भन्नु भयो । साथै देशमा शान्ती नभए सम्म देश बिकासको बाटोमा लाग्न नसक्ने कुरा पनि भन्नु भएको पार्टी प्रवक्ता सन्तोष मेहताले जानकारी गराउनु भयो ।
