GFNLको नियमित बैठक सम्पन्न, १०-१० जना कविहरुको नाम सार्वजनिक
बिश्व नेपाली साहित्य महासंघको नियमित मासिक बैठक अंगेजी (ग्रेगोरियन) पात्रोको हरेक मैनाको २८ गते नेपाली समय अनुसार ७ बजे बस्ने परम्परा अनुसार मार्च २८ गते २०१६, साँझको ७ बजे अनलाइनमा अर्ध-औपचारिक / अनौपचारिक बैठक सम्पन्न भयो. निम्न निष्कर्षहरुसहित बैठक सम्पन्न भयो;
१. श्रद्धाञ्जली व्यक्त गरिएको:
“हाम्रो संस्थाका अध्यक्ष श्री विश्वास दिप तिगेला ज्यू का पुजनीय पिता स्वर्गीय श्री मिल बहादुर तिगेलाको ७७ बर्ष औँ बर्षको उमेरमा यहि २७ मार्च २०१६ विहान ८:३० नर्भिक अस्पताल, काठमाण्डौ, नेपाल मा असमयीक निधन भएको खवरले हामी महासंघ परिवार अत्यन्त मर्माहित भएका छौं । शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रध्दान्जली ब्यक्त गर्दछौं । साथै शोकसंतप्त परिवारजनहरूमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समबेदना प्रकट गर्दछौं” भन्ने श्रद्धाञ्जली प्रस्ताव पारित गरियो ।
२. अनुवाद पुस्तक बारे
यसबारे विश्वव्यापी कविता प्रतियोगिताका उत्कृष्ठ कबिता बाहेक नेपालका केहि श्रष्टाहरुका रचनाहरु पनि समाबेश गर्नको लागि गरिएको गृहकार्य अनुसार यसप्रकार नामावली पेश गरिएकोमा उक्त नामावलीमा नेपाली साहित्यमा ख्याति कमाएकाहरुबाट १० जना र महासंघबाट बाट पनि १० जना नै हुने गरि थप परिमार्जन गरिएको छ,
अनुवादका लागि प्रस्तावित कविहरु,
नेपाली साहित्यमा ख्याति कमाएकाहरुबाटः–
(१) आयमेली कवि बैरागी काइँला
(२) राष्ट्रकवि माधव घिमिरे
(३) डा. इन्द्रबहादुर राई
(४) देश सुब्बा
(५) झमक घिमिरे
(६) मनप्रसाद सुब्बा
(७) मनु मन्जिल
(८) मोमिला जोशी
(९) डा. कविताराम श्रेष्ठ
(१०) बिक्रम सुब्बा (थप गरिएको)
महासंघबाट,
(१) कृष्णप्रकाश श्रेष्ठ
(२) डा. मधु माधूर्य
(३) विश्वासदीप तिगेला
(४) सुरेन्द्र लिम्बू ‘परदेशी’
(५) डा. लेखनाथ काफ्ले
(६) खगेन्द्र अधिकारी
(७) केदार शंकेत
(८) सुनिता राई ‘यासिन’
(९) सावित्र लुइँटेल (थप गरिएको)
(१०) म्यानमार / बर्माबाट (१ जना थप गरिने)
३. भावी नेतृत्व कस्तो हुनुपर्छ विषयक छलफल
यस बिषयमा थप छलफल चलाउदै जाने गरि छलफल टुंगियो.
४. विविध
बिभिन्न देशबाट प्रतिनिधित्व गर्दै बैठकका सहभागीहरुले साहित्यिक र अन्य गतिविधिहरु अपडेट (अद्यावधिक) गर्नु भयो.
धेरै धन्यवाद, सबैको जय होस् ! जय नेपाली साहित्य !
