Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देशकै बेइज्जत गर्ने ?’ भन्दै ओली यसरी बम्किए

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत २५ बिहीबार |
newsabhiyan

काठमाण्डौ ।  ‘म आज यो पदमा छु, भोलि नरहन सक्छु, तर राष्ट्र त रहिरहन्छ । तपाई नेपाली नागरिक, अन्तर्राष्ट्रिय मञ्चमा गएर गलत कुरा बोल्दै आफ्नो देशको बेइज्जत जर्ने ?

’ अप्रत्यासित रुपमा अध्यक्षसहित राष्ट्रिय मानवअधिकार आयोगका सबै सदस्यलाई सिंहदरबार बोलाएर गत आइतबार प्रधानमन्त्री केपी ओलीले एक जना सदस्यमाथि यसरी खनिएका हुन् ।


शनिबार ज्येष्ठ नागरिक मञ्चद्वारा आयोजित सम्मेलनमा भाग लिन दोलखा जाँदै गरेका अध्यक्ष अुनपराज शर्मा अघिल्लो दिन राति फोनमार्फत प्राप्त प्रधानमन्त्रीको निम्तो मान्नैका निमित्त यसै बसेका थिए ।

तर, आइबार ११ बजे प्रधानमन्त्री कार्यलयमा बोलाइएका उनलाई केपी अ‍ोलीले दुई घण्टा लगातार पेलेपछि बेकार दोलखा गइनछु भन्ने अनभूति भयो । सदस्य मोहना अन्सारीले ३ चैतमा संयुक्त राष्ट्र संघीय मावनअधिकार आयोगको बैठकसमक्ष २ मिनेटको आवधिक प्रतिवेदन पेस गर्दै राजेन्द्र महतो शैलीमा आफ्नो सरकारमाथि सत्तोसराप गरेको प्रतिक्रियास्वरुप ओली त्यसरी खनिएका रहेछन् ।


मोहनाको प्रतिवेदनमा मधेस आन्दोलनको दौरान ५५ जना मारिएको, नयाँ संविधानप्रतिको अविश्वासले गर्दा तराई अशान्त भएको, राजनीतिक मुद्धा र मतभिन्नताको स्थिति जटिल रहेको, दण्डहितताको मात्रा भयावह भएको , आमाको नामबाट सन्तानलाई नागरिकता दिलाउन मुस्किल परेको, अत्याधिक बल प्रयोग गरेर मधेसमा मानिस मारिने घटनाको विस्तृत छानविन हुनुपर्ने व्यहोरा उल्लेख थियो । उक्त प्रतिवेदनको शब्द शब्द केलाउँदै प्रधानमन्त्रीले सोधे, कस्तो भाषण गर्नुभाको त्यो ?

त्यतिबेला ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि ज्यान गएको थियो । के तिनलाई पनि सरकारले नै मार्न लगाएको हो ? जनआस्थाले समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan