संसदीय दलको नेता छान्न समिति गठन , तिनको भिडन्त हुने चर्चा
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
काठमाडौं । तेह्रौं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले संसदीय दलका नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले रमेश रिजाल, सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे सदस्य रहने गरि निर्वाचन समिति गठन गरे हो ।
तत्कालीन सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाको निधन भएपछि खाली रहेको छ ।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा रहेको छ ।
