Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुलुक रगतको अभिसाप बोकेको व्यक्तिबाट नभई राजा सहितको राष्ट्रवादीहरु बाट सम्भव छ : सहसंयोजक राना

जनसंघर्ष मोर्चाले निर्णयक आन्दोलन गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत २५ बिहीबार |
newsabhiyan

काठमाडौं । राष्ट्रिय जनसंघर्ष मोर्चाले शुक्रबार निर्णायक आन्दोलन गर्ने भएको छ ।

मोर्चाकी नेतृ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (समानान्तर केन्द्रीय समिति) की केन्द्रीय सदस्य सरस्वती श्रेष्ठले जनताका पक्षमा आवाज उठाउनका लागि अन्तिम संघर्ष गर्ने बताएकी छिन् ।

मोर्चाले शुक्रबार दिँउसो १ बजे एक कार्यक्रमको आयोजना गरी जनतामाझ आफ्ना थप योजना र आन्दोलनका बारेमा जानकारी दिने श्रेष्ठले जनाएकी छिन् ।

राष्ट्र, राष्ट्रिय एकता, अखण्डता , स्वतन्त्रता एवं सार्वभौम सत्ता रक्षाका लागि संघीयता, धर्म निरपेक्षताको तथा गणतन्त्रको अन्त्य हुनुपर्ने भन्दै मोर्चा चरणवद्ध संघर्ष गर्दै आएको छ ।

‘नयाँ संविधान खारेजी हुनुपर्छ भन्ने हाम्रो माग हो, राजसंस्थाको पुनस्र्थापनाको लागि हाम्रो आवाज रोकिंदैन’ श्रेष्ठले भनिन् ‘ विदेशी शक्तिको आडमा संघीयता लादिएको छ , यसले जनताको हित गर्दैन, हिन्दुराष्ट्रको स्थापना नभईकन देशमा स्थिरता आउन सक्दैन् ।

त्यसो त राष्ट्रिय जनसंघर्ष मोर्चाका सहसंयोजक एवं हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य अर्जुन राना पनि अबको आन्दोलन वार की पार हुने बताएका छन् । नेपालमा जहिले पनि दुई किसिमको खतरा देखा परेको उनको धारणा छ ।


पहिलो खतरा ः भारतीय विस्तारवादका पक्षपोषकहरु, चरम दक्षिण पन्थीहरुबाट सिक्किमीकरण र फिजिकरणको खतरा जसको कारण राष्ट्रमा विखण्डनको समेत सदैव सम्भावना रहिरहने  ।


दोस्रो खतरा ः हामीले सशस्त्र जनयुद्ध देखिसकेको अवस्थामा सर्वसत्तावादी साम्यवादी तानाशाहीको खतरा जसका कारण व्यक्तिको स्वतन्त्रता र सम्पति माथिको अधिकार मात्र नभई मानवअधिकार समेत हनन हुन सक्ने खतरा  ।

यी दुइवटा खतराहरुबाट राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतामा कुनै पनि किसिमको आँच आउन नदिन शक्ति सन्तुलनको आवश्यकता पर्दछ ।

त्यो नयाँ शक्ति बुर्जुवा भन्दै गाली गरेर नथाक्ने, समाजवादको खोल ओढेको र १७ हजार नेपाली जनताको रगतको अभिसाप बोकेको व्यक्तिबाट नभई राजा सहितको अग्रगामी राष्ट्रवादीहरु र प्रजातन्त्रवादीहरुबाट मात्र सम्भव छ ।

जुन किसिमको पुजीवादी र धार्मिक सामाज्यवादी, अन्तराष्ट्रिय षडयन्त्र भइरहेको छ त्यो षडयन्त्रलाई चिर्न, हाम्रो राष्ट्रिय एकता  अझ बलियो बनाउन र त्यसबाट उत्पन्न हुन सक्ने हाम्रा छिमेकी राष्ट्रहरु विरुद्ध  खतराको सामना गर्न पनि हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हुन जरुरी भएको रानाको तर्क छ  ।

हाम्रो यो अभियान कुनै राजनीतिक दल विशेष विरुद्ध नभई राष्ट्र, राष्ट्रियता बलियो बनाउन र अन्तराष्ट्रिय षडयन्त्रको सामना गर्ने उद्देश्यले भएको हुँदा यो अभियानलाई सफल बनाउन जुनसुकै राजनीतिक दलमा आवद्ध भएपनि राष्ट्रिय मेलमिलाप र एकताको लागि एकजुट हुुन आज प्रत्येक नेपालीका लागि आवश्यक   भैसकेको ठहर छ । अहिले नेपाली जनता यो अनुभवसिद्ध चेतनाबाट जागृत हुँदै पनि गइरहेका छन् ।

यसको उदाहरण राष्ट्रिय जनसंघर्ष मोर्चाले धर्ना कार्यक्रमबाट शुरु गरेको आन्दोलन अहिले जुलुस र शक्ति प्रर्दशन परिणत भएबाट पनि बुझ्न सकिन्छ । म मोर्चाको सहसंयोजक र हिन्दु अभियन्ताको हैसियतमा सम्पुर्ण नेपाली जनता खासगरी युवाहरु मोर्चाका हरेक कार्यक्रममा उत्साहका साथ सहभागी भईदिनु हुन हार्दिक आवाह्न गर्दछु उनले भने ।

मोर्चाले यसअघि दुइपटक सडक संघर्ष गरिसकेको छ । राप्रपा नेपालसँग विभाजन भएर बनेको समानान्तर केन्द्रीय समिति र अरु दल सघं सस्थासँग मोर्चाबन्दी गरेर राष्ट्रिय जनसंघर्ष मोर्चा बनेको हो ।

सरस्वती श्रेष्ठ र अर्जुन रानासगँको कुराकानीमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan