Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइसिसी पुरुष  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न  खेलमा नेपाल नेदरल्यान्डसँग पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | रासस

काठमाडौँ, १४ साउनः आइसिसी पुरुष  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न  खेलमा नेपाल नेदरल्यान्डसँग पराजित  भएको छ ।

    नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई  ५७ रनले पराजित गर्दै जित  हासिल गरेको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो ।

    नेपालका लागि  आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे । त्यसबाहेक  अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो । 

    नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको  नेदरल्यान्डले निर्धारित  ५० ओभरमा नौ विकेटको क्षतिमा २२५ रन बनाएको  थियो । नेदरल्यान्डका नोआ क्रोसले ७० रन र कप्तान स्कट एडवड्र्सले ५७ रनको महत्वपूर्ण योगदान दिए ।

    नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३० रन खर्चेर चार विकेट लिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

    नेपालको ब्याटिङ कमजोर देखिँदा विश्वकप लिग–२ मा महत्वपूर्ण अङ्क गुमाउन पुग्यो ।  विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बन्यो । यसअघि नेपाल नेदरल्यान्डसँग छ विकेटले पराजित भएको थियो । त्यस्तै, नेपाल नामिबियासँग पहिलो खेलमा आठ विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो । 

    यस जितसँगै  ३१ खेलमा ३८ अङ्क बटुलेको नेदरल्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । त्यस्तै, ३२ खेलमा  २४ अङ्क जोडेको नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । ४३ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan