काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार | (रासस)
काठमाडौँ, ११ साउन : काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो ।
यससँगै नेपालले लिग चरणको सबै गुमाएको छ । यसअघि नेपाल पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र कजाकिस्तानसँग पराजित भएको थियो ।
