Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |

काठमाडौँ, १३ साउनः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ । 

नेदरल्यान्ड्सको युट्रेच्ट सहरस्थित स्पोर्टपार्क मार्सचालकरविर्ड मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रनको योगफल बनायो ।  

नेदरल्यान्ड्सका लागि नोआ कोर्सले सर्वाधिक ७० रनको योगदान दिए । त्यस्तै कप्तान स्कट एडवार्डसले ५७ रन बनाए । लोगान भ्यान विक २७ रनमा अविजित रहे । 

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा हेमन्त धामी र ललितनारायण राजवंशीले एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan