Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल नेदरल्यान्ड्ससँग पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ८ शुक्रबार |

काठमाडौँ, ७ साउनः आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

नेदरल्यान्ड्सको उट्रेच्टमा सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको हो । यस शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४४.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । कुल १५८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवड्र्स ६१ रनमा अभिजित रहे । त्यस्तै  नोआ क्रोस ३४ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमा अलआउट भयो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । गुल्सन झाले २९ तथा दीपेन्द्रसिंह ऐरीले २१ रनको योगदान दिए । सुरुआती ब्याट्सम्यान सस्तोमै आउट भएपछि नेपालले ठूलो योगफल बनाउन सकेन ।

यस हारसँगै नेपालले लिग–२ मा महत्त्वपूर्ण अङ्क गुमाएको छ । नेपालको ३० खेलबाट २४ अङ्क छ । त्यस्तै यस जितसँगै नेदरल्यान्ड्सले २९ खेलमा ३४ अङ्क बनाएको छ । अब शृङ्खलाको आफ्नो तेस्रो खेल नेपालको आगामी सोमबार नामिबियासँग खेल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan