Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सचेतक परियार र अध्यक्ष विश्वकर्माबीच भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |

काठमाडौँ, १३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियार र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माबीच आज भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भएको भेटमा आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायले लामो समयदेखि भोग्दै आएको विभेद, बहिष्करण र अन्यायका विषयमा जानकारी गराउनुभएको थियो । 

    उहाँले राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सरकारलाई बुझाइएको सुझावपत्रबारे पनि सचेतक प्रकाशचन्द्र परियारलाई अवगत गराउनुभएको थियो ।

    मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ को बुँदा नम्बर ५ मा दलित समुदायसँग राज्यका तर्फबाट औपचारिक क्षमायाचना गर्ने विषय समेटिएकामा आयोगले सरकारप्रति आभार व्यक्त गरेको छ । 

    सो निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सुझाव पारित गराउन संसदीय तहबाट सकारात्मक भूमिका निर्वाह गर्न आयोगले रास्वपासँग आग्रह गरेको छ ।

    भेटका क्रममा सचेतक परियारले दलित समुदायको अधिकार, समानता र आत्मसम्मानका लागि राष्ट्रिय दलित आयोगले अघि सारेका सुधारमुखी सुझावलाई संसद् तथा नीतिगत तहमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan