Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ८ शुक्रबार |

काठमाडौँ, ८ साउनः सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष  भलिबल  च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।

    पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा कजाकिस्तान र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

    पाकिस्तानले पहिलो सेट २५–१४ अङ्कले तथा दोस्रो सेट २५–१८ अङ्कले जित्यो । खेलको तेस्रो सेट पनि पाकिस्तानले २५–१० अङ्कले जित्यो । नेपालले अब यही साउन १० गते बङ्गलादेशसँग खेल्ने छ । उक्त प्रतियोगितामा नेपालसहित छ देश सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan