Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार |

काठमाडौँ ११ साउन : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज  भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ । 

नेदरल्यान्ड्सको उट्रेच्टमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल  बनायो । 

नामिबियाका लागि जान फ्राइलिन्कले सर्वाधिक १०० रन बनाए । उनले १४९ बलमा ३ चौका प्रहार गरे । त्यस्तै लौरेन स्टेनक्याम्पले ५९ रन बनाए । नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan