Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेसबल टोली जापान जाँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार |

काठमाडौँ ११ साउन : बत्तीसौँ विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन पाँच  खेलाडीसहित छ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ । वल्र्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको आयोजनामा यही जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म हुने फेयरमा अभिनय श्रेष्ठ, सङ्कल्प पौडेल, युएल रोक्का, भूमिका खड्का र खुशी श्रेष्ठले सहभागिता जनाउने छन् ।

प्रशिक्षकमा विपिन बज्राचार्य हुनुहुन्छ । फेयरमा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने छ । फेयरका दौरान सहभागीले क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेमको अवलोकन गर्ने अवसर पनि पाउने छन् । खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसँग मिलेर मैत्रीपूर्ण प्रतियोगिता खेल्ने छन् ।

नेपाल बेसबल तथा सफ्ट सङ्घका अध्यक्ष दीपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउन्डेनसनले प्रायोजन गरेको बताउनुभयो । उहाँको अुनसार सहभागी सबैले जनही करिब ? एक लाख बराबरको खेल सामग्री र पोशाक पनि प्राप्त गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan