Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'वर्ल्ड जुनियर टुरिजम एम्बेसडर'मा सहभागी हुन नेपाली टोली भियतनाम प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १० आइतबार |
newsabhiyan

काठमाडौँ । भियतनामको दलात सहरमा आयोजना हुन लागेको  बालबालिका सम्बन्धि अन्तरास्ट्रिय  साैन्दर्य प्रतियाेगीता ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२६’ मा नेपालकाे प्रतिनिधित्व तीन जना बालबालिकाले गर्ने भएका छन्।

आगामी जुलाई २६ देखि अगस्ट २ सम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार साँझ त्यसतर्फ उडेका छन् । 

प्रतियोगितामा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेकाे ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेसनल २०२६’की विजेता आरिका उप्रेती, उपविजेता सेरोन थापा र सब-टाइटल विजेता आरभ उप्रेतीले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दैछन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सहभागी हुन लागेका यी बालबालिकाहरूले विभिन्न सांस्कृतिक विषयवस्तुको प्रतिनिधित्व गर्नेछन्।

आरिका उप्रेतीले नेपालको राष्ट्रिय चरा डाँफेको भेषभुषामा आफूलाई प्रस्तुत गर्नेछिन् भने सेरोन थापाले मगर समुदायको मौलिक भेषभुषा र संस्कृतिको प्रदर्शन गर्नेछन्।

त्यसैगरी, आरभ उप्रेतीले ऐतिहासिक सहर भक्तपुरकाे प्रसिद्ध न्यातपोलकाे पाेसाक सहित मन्दिरको परिचय र नेपालको सम्पदालाई विश्वसामु चिनाउनेछन्।

प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी हुँदैछन् ।

प्रतियोगितामा सहभागीहरूकाे फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।

प्रतियोगिताले नेपाली कला, संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan