Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल नामिबियासँग पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ६ बुधबार |

काठमाडौँ, ५ साउनः आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल नामिबियासँग पराजित भएको छ । 

    नेदरल्यान्ड्सको युट्रेच्टमा आज भएको खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ३७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।

    नामिबियाको जितमा जान फ्राइलिन्कले सर्वाधिक ७८ रनको योगदान दिए  । उनले ८९ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ७८ रनको दिएका हुन । त्यस्तै, ओपनर माइकल भान लिङ्गेनले ५१ रन बनाए । उनले ७९ बलमा चार चौकासहित ५१ रन बनाएका हुन । निकोल लोफ्टी इटन १७ रनमा अविजित रहे ।

    बलिङतर्फ नेपालका नन्दन यादव र रोहित पौडेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनाएको थियो । 

    नेपालका लागि कप्तान रोहित पौडेलले ६० बलमा सर्वाधिक ३१ रनको योगदान दिएका थिए । त्यस्तै, उप–कप्तान दीपेन्द्रसिंह ऐरिले ३० रनको बनाउँदा गुल्सन झाले २० रन जोडे । त्यसैगरी, करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रन बनाए । 

    नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक ६ विकेट लिए भने ज्याक ब्रासेल र बर्नाड शोल्ट्जले समान दुई–दुई विकेट लिए । अब नेपालले यही साउन ७ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan