Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ४ सोमबार |
newsabhiyan

काठमाडौं, ४ साउन । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहको आयोजनामा भएको इटीटी टेबलटेनिसको टिम इभेन्टका स्वर्ण विजेता महेश श्रेष्ठ, दिक्षा दाहाल र रनोज थकु तथा ४२ औं राष्ट्रिय टेबलटेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्यान्ड प्रस्थान गरेका हुन् ।

इटीटीले इटिटी टेबलटेनिसका स्वर्ण विजेता टोलीका सदस्य र ४२ औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण र रजत विजेतालाई पाँचदिने बैंकक भ्रमणको ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार खेलाडीलाई ‘प्याकेज’ प्रदान गरिएको हो ।

४२ औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण विजेता संयोग कपाली भने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि दक्षिण कोरियाको सिओलमा रहेकाले एलेक्स मात्र बैंकक गएका हुन् ।

खेलाडीलाई इटिटीका अध्यक्ष सुमन खड्गी, इटीटी टेबलटेनिसको छैटौं संस्करणका विजेता राजेन्द्र वज्राचार्य, अनिता महर्जन, मुकेश महर्जनलगायतले सोमबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

अध्यक्ष खड्गीले खेलाडीलाई छुट्टै वातावरणमा आराम गर्न यो अवसर फलदायी हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan