Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारत भ्रमणले सम्बन्ध न्यानो बनायो तर सत्कारकै भरमा सबै समस्या सुल्झँदैनन्ः डा. लोकराज बराल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ जेठ २४ आइतबार |
newsabhiyan

काठमाडौं, २४ जेठ ।  वरिष्ठ कूटनीतिज्ञ डा. लोकराज बरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई न्यानो बनाएको टिप्पणी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहससँग कुरा गर्दै डा. बरालले रास्वपाले विकासमूलक कूटनीतिको विषयलाई प्राथमिकता दिनु सकारात्मक रहेको बताउनुभयो ।

कूटनीतिज्ञ बरालले सीमा विवादमा उत्तेजित भएर कुरा उठाउनुभन्दा विद्युत्, व्यापार र कनेक्टिभिटी जस्ता व्यावहारिक मुद्दामा सहकार्य बढाउनु अहिलेको सन्दर्भमा परिपक्व कदम भएको उल्लेख गर्नुभयो ।

भ्रमणका क्रममा भारत सरकारले लामिछानेको स्वागतमा देखाएको तत्परता र सद्भावलाई अर्थपूर्ण रूपमा लिन सकिने उहाँको भनाइ छ ।

एकैपटक सबै कुरा गर्नुभन्दा पहिले सकारात्मक माहोल बनाएर विस्तारै द्विपक्षीय समस्या सुल्झाउने संकेत यो भ्रमणले देखाएको उहाँले विश्लेषण गर्नुभयो ।

तर, भारतले दिएको सत्कारकै भरमा दुई देशबीचका सबै समस्या सुल्झिए भन्न नसकिनेमा डा. बरालले सचेत गराउनुभएको छ ।

नेपाल, भारत र चीनसँगको सम्बन्धका आयामहरू फरक–फरक भएकाले दुवै छिमेकीसँग सन्तुलित कूटनीति कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

भारत र नेपालबीच बहुआयामिक सम्बन्ध रहेकाले अहिलेको भ्रमणलाई सामान्य तवरबाट मात्रै सम्बन्ध अघि बढेको रूपमा बुझ्नुपर्ने उहाँको निष्कर्ष छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan