Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सभापतिमा लामिछानेको विकल्प छैन : सांसद भोजराज पाण्डे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार ५ शुक्रबार |
newsabhiyan

काठमाडौं, ५ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टी सांसद भोजराज पाण्डेले पार्टी सभापतिमा रवि लामिछानेको कुनै विकल्प नभएको दाबी गर्नुभएको छ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहससँग कुराकानी गर्दै सांसद पाण्डेले नेतृत्वको आलोचना गर्नु नेपालीहरूको पुरानै बानी भएको टिप्पणी गर्नुभयो।

संवादका क्रममा उहाँले पूर्वाधार मन्त्री सुनील लम्सालले विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारहरूको खुट्टा भाँचिदिन्छुु भनी दिएको अभिव्यक्तिलाई अतिरञ्जित गरिएको प्रष्ट पार्नुभयो।

एउटा सानो पोल सार्न पनि वर्षौँ लगाउने ठेकेदारहरूलाई मन्त्रीले चेतावनी र खबरदारी मात्र गरेको उहाँको भनाइ छ।

यस अभिव्यक्तिलाई गलत तरिकाले नलिन आग्रह गर्दै पाण्डेले फास्ट डेलिभरीु नै वर्तमान सरकारको मुख्य एजेण्डा रहेको उल्लेख गर्नुभयो। समन्वयमा केही कमजोरी देखिए पनि अन्तिम नतिजा जनताकै पक्षमा आउने दाबी उहाँले गर्नुभयो।

यसैबीच, सांसद पाण्डेले रास्वपाको आगामी केन्द्रीय सदस्य पदमा आफूले उम्मेदवारी दिएको जानकारी गराउनुभएको छ।

कार्यकर्ताको साथ पाएमा रास्वपाको वास्तविक सिद्धान्त र एजेण्डाबारे प्रशिक्षण दिने उहाँले बताउनुभयो।

सबै कार्यकर्तालाई देशको हितका लागि तयार पार्दै पार्टीभित्र रहेका सानातिना कमजोरीहरूलाई तत्काल समाधान गर्न आफू प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan