Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारका केही कदम सकारात्मक भए पनि कार्यशैली पूर्ण रूपमा सन्तोषजनक नरहेको नेता खतिवडाको टिप्पणी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार २८ आइतबार |
newsabhiyan

काठमाडौं, २८ असार । नेकपाका नेता जगन्नाथ खतिवडाले वर्तमान सरकारको कामकारबाहीको वास्तविक मूल्यांकन गर्ने बेला अझै भइनसकेको बताउनुभएको छ।

सरकार गठन भएको तीन महिना मात्रै भएकाले यति छोटो अवधिमा समग्र विषयको निष्कर्ष निकालेर सरकार राम्रो वा नराम्रो भन्न नसकिने उहाँको तर्क छ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ सँग कुराकानी गर्दै नेता खतिवडाले सरकारका केही कदम सकारात्मक भए पनि कार्यशैली पूर्ण रूपमा सन्तोषजनक नरहेको टिप्पणी गर्नुभयो।

सरकारले पुराना र ठूला भ्रष्टाचारका फाइलहरू खोल्नु र दोषीमाथि निर्मम भएर कारबाहीको प्रक्रिया अगाडि बढाउनु प्रशंसनीय कार्य भएको उहाँको भनाइ छ।

तर, भ्रष्टाचार विरोधी अभियान चलिरहँदा सरकारले राजनीतिक आग्रहका आधारमा ’आफ्ना मान्छे’लाई बचाउन खोजेको संकेतहरू देखिएको भन्दै उहाँले गम्भीर आशंका व्यक्त गर्नुभयो।

सुशासन कायम गर्न सरकारले कुनै पनि दबाब वा प्रभावमा नपरी निष्पक्ष छानबिन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेता खतिवडाले सरकारको सुशासनको नारा व्यवहारमा लागू हुन अझै बाँकी रहेको भन्दै गल्ती गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan