Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापामा ३७८ जनाले पाए आमाको नामबाट नागरिकता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)
newsabhiyan

भद्रपुर (झापा), १४ साउनः झापाका प्रशासनिक निकायहरूबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ हजारभन्दा बढी नागरिकता र सोही हाराहारीमा राहदानी वितरण गरिएका छन् । 

जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जबाट गरी कुल २४ हजार आठ सय ५१ जनाले नागरिकता र २४ हजार चार सय ६६ जनाले राहदानी प्राप्त गरेका हुन् ।

नागरिकता लिने र राहदानी बनाउनेको सङ्ख्या लगभग बराबरी हुनुले जिल्लामा युवा वर्गको वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेशिने आकर्षण कायमै रहेको देखाउँछ ।

गत आवमा जिल्ला प्रशासनबाट ३७८ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन् । बाबुको पहिचान हुन नसकेका उनीहरूलाई कानुनी प्रावधानअनुसार आमाको नामबाट नागरिकता प्रदान गरिएको हो ।

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र सङ्कलन तथा कार्ड वितरणलाई अभियानका रूपमा अघि बढाइरहेका बेला जिल्लामा एक वर्षका अवधिमा ९७ हजार चार सय ७७ जनाको विवरण सङ्कलन गरिएको छ । सोही अवधिमा ९८ हजार छ सय ८९ थान राष्ट्रिय परिचयपत्र कार्ड सर्वसाधारणलाई वितरण गरिएको छ ।

सेवा प्रवाहसँगै जिल्ला प्रशासन कार्यालयले राजस्व सङ्कलनमा पनि उल्लेख्य योगदान पु¥याएको छ । आव २०८२÷८३ मा राहदानी शुल्कतर्फ रु १४ करोड ७० लाख ७९ हजार चार सय ५१ र अन्य प्रशासनिक शुल्कतर्फ रु ६० लाख ४४ हजार ६० गरी कूल रु १५ करोड ३१ लाख २३ हजार पाँच सय ११ राजस्व सङ्कलन भएको छ ।

सर्वसाधारणका गुनासो तथा मिटरब्याजसम्बन्धी समस्या समाधानमा पनि प्रशासनिक सक्रियता देखिएको छ । समीक्षा अवधिमा मिटरब्याज, नियामक निकाय र ठाडो उजुरी गरी चार सय ७९ वटा निवेदन फछ्र्योट गरिएका छन् भने नौ सय २९ जनालाई नाबालक परिचयपत्र उपलब्ध गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउँदै लगिएको बताउनुभयो । सेवाग्राहीको प्रतिक्रिया लिन ‘सेवा सन्तुष्टि क्युआर’ सञ्चालनमा ल्याइएको र सार्वजनिक सुनुवाइलाई निरन्तरता दिइएकाले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण थप प्रभावकारी बनेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan