Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारले समस्याको समाधान खोज्नुको साटो बल प्रयोग गरेर आवाज दबाउन खोजेको शर्माको आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार २९ सोमबार |
newsabhiyan

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल प्रयोग गरेर आवाज दबाउन खोजेको आरोप लगााएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश राख्दै उनले सुकुमबासी बस्ती हटाएर होल्डिङ सेन्टरमा राखिएको विषय र गणेश नेपालीले आत्मदाह गरेको विषयमा टिप्पणी गर्दै त्यस्तो बताएका हुन् ।

काठमाडौँ उपत्यकाभित्रै विशेष गरी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूको कष्टकर जीवन र पछिल्लो समय युवाहरूले निराशाका कारण जीवन त्याग्नेसम्मका कदम चाल्ने अवस्था आउनुमा राज्यको भूमिका प्रमुख रहेको उपसभापति शर्माले बताएका छन् ।

वर्षायाममा बासस्थानबाट विस्थापित गरिएका सुकुमबासीहरूका साना बालबालिका, सुत्केरी, र वृद्ध वृद्धाहरू होल्डिङ सेन्टरमा भोक र रोगको चपेटामा परेका भन्दै उपसभापति शर्माले आफ्नै देशमा शरणार्थी जस्तो जीवन बिताउन बाध्य यी नागरिकहरूका लागि सरकारले न्यूनतम मानवीय सहायता समेत उपलब्ध गराउन नसकेको आरोप लगाए ।

होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको समस्या समाधानका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउने र प्रश्न गर्ने युवाहरूलाई उल्टै प्रहरीले नियन्त्रणमा लिएको घटनाले स्थिति थप तनावग्रस्त बनेको शर्माको भनाइ छ।

शर्माले रोजगारीको अभाव, व्यवस्थापकीय कमजोरी र राज्यप्रतिको अविश्वासका कारण युवाहरूमा आशा मर्दै गएको र यो निराशा सिङ्गो समाजका लागि चिन्ताको विषय बनेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan