Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसभित्र एकता कायम राख्न सम्भव भएसम्मका सबै प्रयास गरिने : सहमहामन्त्री रसाईली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार २ मंगलबार |
newsabhiyan

काठमाडौं, २ असार । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले हालसम्म पार्टीका लगभग ६ लाख सदस्यले क्रियाशील सदस्यता अद्यावधिक गरिसकेको दाबी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवकृको कार्यक्रम नेपाली बहससँग कुराकानी गर्दै उहाँले तोकिएको समयभित्र आफ्नो सदस्यता अद्यावधिक नगर्ने जो कोही पनि आगामी महाधिवेशनको प्रक्रियामा भाग लिन नपाउने प्रष्ट पार्नुभएको छ।

सहमहामन्त्री रसाईलीले नेपाली कांग्रेसभित्र एकता कायम राख्न सम्भव भएसम्मका सबै प्रयास गरिने प्रतिवद्धता जनाउनुभयो ।

तर, पार्टी एकताका नाममा कांग्रेसको मूल एजेन्डा र आदर्शभन्दा बाहिर जान नसकिने उहाँको भनाइ छ ।

पार्टीका अग्रज र ज्येष्ठ नेताहरूलाई सधैं सम्मान गरिने उल्लेख गर्दै उहाँले विधानविपरीत कुनै पनि कार्य नगरिने स्पष्ट पार्नुभयो ।

पार्टीभित्रको आन्तरिक नेतृत्वको विवादबारे टिप्पणी गर्दै उहाँले सर्वोच्च अदालतले गगन थापालाई विधानअनुरूप नै सभापतिको रूपमा फैसला गरिसकेको स्मरण गराउनुभयो।

अदालतको यस्तो स्पष्ट फैसला आइसकेको अवस्थामा पनि कतिपयले यस प्रक्रियालाई न्यायसंगत भएन भन्नु निरर्थक रहेको उहाँको तर्क छ ।

अदालतको कानुनी प्रक्रिया र वर्तमान परिस्थितिलाई न्यायसंगत भएन भन्नेहरुलाई बीपी कोइरालालाई सोध्न जान असम्भव रहेको भन्दै उहाँले कटाक्ष समेत गर्नुभयो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan