Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मतदाता शिक्षालाई अझै सशक्त बनाऔं

न्यूजअभियान | प्रकाशित मिति : २०८२ फाल्गुण ८ शुक्रबार |
newsabhiyan

काठमाडौं, ८ फागुन । आमनिर्वाचनका लागि तोकिएको मिति फागुन २१ गते आउन २८ दिन बाँकी रहँदा देश चुनावमय बनेको छ ।

जनता पनि चुनावप्रति उत्साहित बनेका छन् । आफ्नो मतको सही सदुपयोग हुनेमा जनता उत्साहित देखिन्छन् ।

पछिल्लो समय चुनावी माहोल पनि रोचक तरिकाले तातेको छ । जेन–जी विद्रोहका कारण उत्पन्न अवस्थाबाट सृजित आगामी २०८२ साल फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा दलहरु चुनावी मैदानमा होमिएका छन् ।

चुनावी सरकारमा सामेल भएकाहरुलाई पनि राजनीतिको गरमागर्मी निकै बढेको छ । लोकतन्त्रको आधार मानिने निर्वाचन सफल बनाउन सचेत मतदाता अनिवार्य हुन्छन् ।

तर, नेपालमा अझै पनि मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा मत बदर हुने, मतदानमा सहभागीता घट्ने र भ्रामक सूचनाको प्रभाव बढ्ने समस्या देखिँदै आएको छ ।

पछिल्ला निर्वाचनहरूमा सञ्चालन गरिएको मतदाता शिक्षा अभियानका कारण मतदान प्रक्रियाबारे नागरिकको बुझाइ बढेको र बदर मतको दर घट्दै गएको दावी निर्वाचन आयोग गर्दछ ।

तर, पछिल्ला निर्वाचनहरूमा बदर मतको संख्या भने उल्लेख्य नै रहेको देखिन्छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसंकेतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको जनाएको छ ।

मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ तर भौगोलिक विकटता, भाषा विविधता, डिजिटल पहुँचको अभाव र सीमित स्रोतसाधनले मतदाता शिक्षा प्रभावकारी बन्न सकिरहेको छैन ।

उम्मेदवार बढि हुँदा मतपत्र लामो हुने र चिन्ह उस्तै हुने कारणले पनि मत बदर हुने संभावना रहने हुँदा पनि त्यसतर्फ सचेत बनेको आयोगले जनाएको छ ।

मतदाताको सहभागिता दर बढ्दै गएको र निर्वाचनप्रतिको विश्वास बलियो बन्दै गएको आयोगले दावी गरिरहँदा सबै नागरिकसम्म प्रभावकारी रूपमा मतदाता शिक्षा अहिले पुग्न सकिरहेको छैन ।

अहिले मतदाता शिक्षाको समय पनि कम छ यति छोटो समयमा मतदाता शिक्षा कार्यक्रम कत्तिको प्रभावकारी बन्न सक्छ ?

यो पनि सोचनिय बिषय छ । समग्रमा हेर्दा, नेपालमा मतदाता शिक्षा अझै पनि अपेक्षित रुपमा प्रभावकारी हुन नसक्दा बदर मत घटाउन र सचेत मतदान प्रवद्र्धन गर्न चुनौती देखिएको छ ।

त्यसकारण मत बदर हुन नदिन निर्वाचन आयोग, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र स्थानीय तहबीच समन्वय बढाई व्यवहारिक, सरल र स्थानीय भाषामा आधारित कार्यक्रम विस्तार गरी मतदाता शिक्षालाई अझ शसक्त र प्रभावकारी बनाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan