Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विजयको श्रेय लिनेले पराजयको अपजस पनि बोक्नुपर्छ : नेता रिजाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ जेठ २४ आइतबार |
newsabhiyan

काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का नेता विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा पार्टीले विजय मात्र नभई पराजय पनि भोगेको भन्दै नेतृत्वले दुवैको जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ सँग कुरा गर्दै नेता रिजालले भन्नुभयो, “विजयको श्रेय लिनेले पराजयको अलिअलि अपजसको भारी पनि बोक्नुपर्छ । “

“नेता रिजालले पार्टी पुनर्गठन र पुनर्जागरणको मार्गदर्शनका लागि गठित समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने र त्यसकै आधारमा आगामी रणनीतिदेखि नेतृत्वसम्मको विषय निक्र्योल हुने जानकारी दिनुभयो ।

यो समीक्षात्मक प्रतिवेदनले एमालेभित्रका उल्झन र असन्तुष्टि सम्बोधन गर्ने तथा इतिहासमै पहिलोपटक भोगेको पराजयबारे गहन समीक्षा गर्ने उहाँको भनाइ छ ।

त्यस्तै, उहाँले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई ’अपुष्ट र अपरिपक्व’ भन्नुभएको छ भने रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणको स्वागतलाई सकारात्मक भन्दै त्यो परिणाममा देखिनुपर्नेमा जोड दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan