Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालेन शाह नेतृत्वको सरकारले निमुखा र असहाय जनतामाथि घोर अन्याय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ जेठ १७ आइतबार |
newsabhiyan

काठमाडौं, १७ जेठ । राष्ट्र, राष्ट्रियता तथा धर्म संस्कृति बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईंले सरकारले सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गर्नुको साटो टेन्टमा राखेर कैदी जस्तो बनाएको गम्भीर आरोप लगाउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ सँग कुरा गर्दै उहाँले वर्तमान सरकार गरिब विरोधी भएको दाबी गर्नुभएको हो ।

अध्यक्ष प्रसाईंले बालेन शाह नेतृत्वको सरकारले निमुखा र असहाय जनतामाथि घोर अन्याय गरिरहेको बताउनुभयो । पर्यटकहरूले केही दिनका लागि अस्थायी रूपमा प्रयोग गर्ने टेन्टमा सुकुम्बासी परिवारलाई महिनौंसम्म राख्दा उनीहरूको दैनिक जनजीवन पूर्ण रूपमा बिचल्ली भएको उहाँको भनाइ थियो ।

पीडित सुकुम्बासीहरू न्याय र संरक्षणका लागि पटक–पटक आफूकहाँ आएर रोइकराई गरिरहेको उल्लेख गर्दै उहाँले राज्यले गरिबी हटाउनुको साटो गरिबलाई नै उठिबास लगाउने क्रूर नीति लिएको टिप्पणी गर्नुभयो ।

आर्थिक वर्षको नयाँ बजेटप्रति असन्तुष्टि जनाउँदै प्रसाईंले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकका क्षेत्रमा समेत कर थोपरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयोे ।

सरकारी सेवामा रहेका र जागिरेहरूको मात्र तलब वृद्धि गरिएको तर कुनै रोजगारी नभएका विपन्न वर्गलाई सरकारले पूर्ण रूपमा बेवास्ता गरेको उहाँको तर्क छ ।

हालै सार्वजनिक बजेटले मध्यम र धनी वर्गका लागि मात्र उत्साह जगाएको दाबी गर्दै प्रसाईंले ठूलो आशा भरोसा राखेको सरकारबाटै गरिब जनताले निकै ठूलो निराशा भोग्नुपरेको उल्लेख गर्नुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan