Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा पुरस्कार प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | रासस

 काठमाडौँ, १४ साउनः ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले यस वर्षको ‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार–२०८३’ दोलखाका अग्रज शिक्षासेवी इन्द्रबहादुर खड्कालाई प्रदान गरेको छ । यस्तै, धादिङ जिल्लास्तरीय ‘दुर्गा साहित्य पुरस्कार–२०८३’ बाट उदीयमान साहित्यकार तथा शिक्षक सरस्वती पाण्डे ‘सरस’लाई प्रदान गरिएको छ । 

    शिक्षा क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै दोलखाका खड्कालाई उक्त प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । उहाँले जिरी माध्यमिक विद्यालयमा १७ वर्ष प्रधानाध्यापक, जिरी क्याम्पसमा १९ वर्ष संस्थापक क्याम्पस प्रमुख तथा जिरी बुद्धिष्ट कलेजमा १० वर्ष संस्थापक क्याम्पस प्रमुखका रूपमा सेवा गरिसक्नुभएको छ ।

    त्यस्तै, शिवप्रसाद अधिकारीद्वारा स्थापित धादिङ जिल्लास्तरीय ‘दुर्गा साहित्य पुरस्कार–२०८३’ धादिङकी उदीयमान साहित्यकार तथा शिक्षक सरस्वती पाण्डे ‘सरस’लाई प्रदान गरिएको छ । बहुआयामिक व्यक्तित्वका रूपमा परिचित उहाँ साहित्य तथा शिक्षाका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । गुरु पूर्णिमाका दिन अर्थात् बुधबार उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan