अन्तरविद्यालय कला प्रतियोगिता विद्यार्थी पुरस्कृत
काठमाडौँ, ९ साउनः भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलद्वारा आयोजित अन्तरविद्यालय कला प्रतियोगितामा विभिन्न तहमा विद्यार्थीहरू पुरस्कृत भएका छन् ।
प्रतियोगितामा युकेजी तहमा बेबिजोन प्रि–स्कुल कलङ्कीकी साइरा महर्जन प्रथम, स्पोन्ज लर्नस मन्टेश्वरी चागलकी रेबिया सिल्पकार द्वितीय, जुबिलियन्ट स्कुल कालीमाटीकी स्वस्तिक मुखिया तृतीय भएका थिए । कक्षा १–३ तहअन्तर्गत स्मल हेवन स्कुलका डेनियल शाही प्रथम, जुबिलियन्ट सेकेन्डरी स्कुल कालीमाटीका सिम्रन श्रेष्ठ द्वितीय र जगत सुन्दर बोनेकोथीका मीना तामाङ तृतीय भएका छन् ।
कक्षा ४–७ तहबाट द रोलिङ स्टोन्सका एलेक्स तामाङ प्रथम, होलिभिजन बोर्डिङका सत्यम श्रेष्ठ द्वितीय र स्मल हेवनका लिष्मा श्रेष्ठ तृतीय भएका छन् । कक्षा ८–१० तर्फबाट जगत सुन्दर बोनेकुथेका रियाना तामाङ प्रथम, चामुण्डा बोर्डिङकी अनिता प्रजा द्वितीय र दिव्यज्ञान सेकेन्डरी स्कुलका विशाल शाह तृतीय भएका थिए ।
कामना परिवारको सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितामा काठमाडौँका करिब एक दर्जन विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका वरिष्ठ कलाकार किरण मानन्धर निर्णायकका रूपमा रहनुभएको थियो ।
