Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एकै स्थानमा ३५० भन्दा बढी सङ्गीतकर्मी एवं साहित्यकारका तस्बिर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार | (रासस)

बागमती, १२ साउनः झट्ट सुन्दा अचम्म लाग्न पनि सक्छ । हेटौँडाको हरिकुञ्ज रोडस्थित पिएम सेन्टर सङ्गीत विभागमा एकै ठाउँमा करिब ३५० जनाभन्दा बढी सङ्गीतकर्मी, कलाकर्मी एवं साहित्यकारका तस्बिर देख्न सकिन्छ ।

सङ्गीतका क्षेत्रमा साढे पाँच दशकयता निरन्तर लागिरहनुभएका पिएम सेन्टर सङ्गीत विभागका अध्यक्ष एवं वरिष्ठ सङ्गीतकार प्रमेन्द्र महर्जन साहित्य, कला र सङ्गीतमा योगदान गर्ने अग्रजको इतिहासको सम्मान तथा वर्तमान पुस्ताका लागि प्रेरणा दिने लक्ष्यसँगै सङ्गीत, कलाकारिता एवं साहित्यका क्षेत्रमा क्रियाशील व्यक्तिहरूका तस्बिर एक÷एक गरी सङ्कलन गरिहनुभएको छ ।

वरिष्ठ सङ्गीतकर्मी गणेश ओस्ताद, नारायण गोपालदेखि वर्तमानका चासो र चर्चा कमाइरहेका नवोदित सङ्गीतकर्मीसँगै महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नवोदित साहित्यकार समेतका तस्बिरहरूलाई उहाँले फ्रेमिङ गर्दै आउनुभएको छ ।

विगत छ वर्षदेखि सङ्गीतकर्मी, कलाकर्मी तथा साहित्यकारहरूका तस्बिरहरू सङ्कलन गर्न सुरु गरेको बताउँदै उहाँले यस अभियानलाई आगामी दिनमा पनि निरन्तर रुपमा अघि बढाउने बताउनुभयो ।

“मैले इतिहासमा विशिष्ट योगदान पु¥याएका अग्रज स्रष्टासँगै नयाँ पुस्ताका स्रष्टा समेतका तस्बिरलाई विभिन्न माध्यमबाट खोजेर सङ्कलन गरिहेको छु”, उहाँले भन्नुभयो, “यस अवधिमा करिब ३५० तस्बिर सङ्कलन भइसकेका छन् ।”

आफ्नै निवासमा राखिएको पिएम सेन्टर सङ्गीत विभागको कार्यालयमा सङ्कलित तस्बिरहरू रहेको र हाल भवन निर्माणका क्रममा रहेका कारण निर्माण सम्पन्न भएसँगै तस्बिरहरूलाई थप व्यवस्थित गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan