Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, १३ साउनः प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय सुुनुवाइ समितिमा प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ सुरु भएको हो ।

यसअघि, काकीविरुद्ध परेको उजुरीका विषयमा छलफल भएको थियो । उहाँविरुद्ध एउटा उजुरी परेको जनाइएको छ ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan