फरार प्रतिवादी पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |
वीरगञ्ज (पर्सा), १३ साउनः ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय रामजन्मसिंह राजपुतलाई जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१८ बाट पक्राउ गरेको हो ।
राजपुतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
राजपुत गत वैशाख ३१ गते वीरगञ्ज महानगरपालिका–२२ मनियारीका सुमनकुमार शर्मालाई कुटपिट गरेपछि फरार थिए ।
