हुण्डी सम्बन्धी कारोबारमा संलग्न व्यक्ति पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |
काठमाडौं : हुण्डी सम्बन्धी कारोबारमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-८ बस्ने धादिङ घर भएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका-८ राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रूपैयाँ बराबरको रकम हुण्डीको माध्यमबाट कारोबार गरेको खुल्न आएको छ ।
