Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘व्यक्तिको सफलतामा गुरुको प्रेरणा र मार्गदर्शन महत्वपूर्ण’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार | (रासस)

गण्डकी, १३ साउनः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक व्यक्तिको सफलताका पछाडि गुरुको प्रेरणा र मागदर्शनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । 

गुरुपूर्णिमाको अवसरमा भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराले आज यहाँ आयोजना गरेको गुरूहरूको सम्मान कार्यक्रममा प्रमुख भट्टले शिक्षालाई जीवनको सर्वोत्तम् मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूहरुप्रतिको सच्चा सम्मान ठहरिने बताउनुभयो । 

प्रदेश प्रमुख भट्टले गुरुको सम्मान केवल एउटा दिवस वा कार्यक्रममा मात्र सीमित नगरी गुरु र शिष्यबीचको सम्बन्ध विश्वास, अनुशासन र समर्पणमा आधारित हुनुपर्ने उल्लेख गर्नुभयो । “अधिकांश महान् व्यक्तित्वका पछाडि कुनै न कुनै प्रेरणादायी गुरुको मार्गदर्शन रहन्छ”, उहाँले भन्नुभयो, “गुरुहरूले सिकाएका आदर्शलाई व्यवहारमा उतार्नु, उहाँहरूप्रति सदैव आदर राख्नु र शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै वास्तविक सम्मान हो ।”

शिक्षक र विद्यार्थीबीचको सौहार्दपूर्ण सम्बन्ध, श्रद्धा, सम्मानले नै विद्यालयको गुणस्तर वृद्धिमा पनि भूमिका खेल्ने उहाँको भनाइ थियो । मञ्चले पोखरा महानगरपालिका–१६ बाटुलचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा स्थापनाकालदेखि २०४० सालसम्म अध्यापन गराउनुभएका शिक्षकहरूलाई सम्मान गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan