हर्नेट राइफल बरामद
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |
काठमाडौं, १३ साउन : काठमाडौं महानगरपालिका-११ स्थित थापाथली राममन्दिर पछाडि रहेको बाग्मती खोला किनारबाट हर्नेट राइफल १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उक्त राइफल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
