Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |
newsabhiyan

काठमाडौं, १३ साउन : काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ८ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं जम्बुडाँडा बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-८ घर भएका ३५ वर्षीय संजय तामाङ र काभ्रे बनेपा बस्ने ३० वर्षीय कदम लामा रहेका छन् ।

प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बाग्मती प्रदेश ०२-०४२ प ६१७३ नम्बरको स्कुटर समेत बरामद गरेको छ । 

यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट सहित बारा सिमरा घर भएका १९ वर्षीय मुना घिसिङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, गौरीगंगा नगरपालिका-४ बझाङ्गी टोल बस्ने २५ वर्षीय सुरेन्द्र बहादुर धामी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय मिलिग्राम र नगद ३७ हजार १ सय ५० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले सुरेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टीकापुर नगरपालिका-३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रशान्त चौधरी र १९ वर्षीय समिर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-१ फलप फिगर होटलबा

ट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ मिलिग्राम र नगद ६२ हजार ५ सय रूपैयाँ सहित ठुली भेरी नगरपालिका-८ बस्ने २५ वर्षीय संतोष भण्डारी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पा समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-१२ शितलपुर बस्ने २२ वर्षीय आकाश साह कानुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । 

चितवन, भरतपुर महानगरपालिका-७ त्रिचोक डेरा गरी बस्ने २२ वर्षीय सन्तोष गुरूङ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६१ ट्याब्लेट, भोमिन २ सय ३८ ट्याब्लेट र नगद ६१ हजार रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले सन्तोषको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क बस्ने धादिङ नेत्रवती डबजोङ गाउँपालिका-४ घर भएकी ३५ वर्षीय गौरी कुमारी गुरूङ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १४ ट्याब्लेट, एनारगन १४ ट्याब्लेट र भोमिन ६ ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले गौरीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने २२ वर्षीय निशान्त चन्दलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३८ एम्पुल र प्रोमेथाजाइन ३४ एम्पुल सहित सोही नगरपालिका-१८ कटान बस्ने ३१ वर्षीय प्रदिप नाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ४२६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

रसुवा, उत्तरगया गाउँपालिका-५ बेत्रावतीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४ ट्याब्लेट सहित कालिका गाउँपालिका-३ कटुन्जे बस्ने ३४ वर्षीय श्रीकृष्ण देवकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेत्रावतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको  हो । 

तेह्रथुम, म्याङलुङ नगरपालिका-७ जिरीखिम्ती बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ ट्याब्लेट र डाइक्लोमाइन ४ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने सुनसरी घर भएका २१ वर्षीय सहनिवाज अलिलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, झापा गाउँपालिका-३ कत्लामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ५० मिलिग्रामसहित भारत किशनगंज धनतोला मोहमारी बस्ने २२ वर्षीय एमडी फारूकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरीले बीआर ३७ एबि ५८५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१५ पाथीभरा लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५ सय ७० ट्याब्लेट र डिकोलिक २ हजार ४५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१४ छिनेडाँडास्थित होमस्टेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २३ ग्राम ९३ मिलिग्राम र नगद २ लाख ८१ हजार ५ सय रूपैयाँ सहित भोजपुर घर भएका ३३ वर्षीय मनोज कुमार मग्राती समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले होमस्टे तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

बारा, सिम्रौनगढ नगरपालिका-२ अमृतगंजबाट अवैध लागूऔषध गाँजा १४ ग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय अविनाश कुमार कुशवाहालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ छ । प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

ललितपुर,महालक्ष्मी नगरपालिका-३ इमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ ट्याब्लेट र नगद ७ हजार ७ सय ५० रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय कृष्ण खड्का, सोही नगरपालिका-४ बस्ने  २५ वर्षीय सम्राट अधिकारी र ललितपुर महानगरपालिका-२२ बस्ने ३१ वर्षीय आशिष कार्की रहेका छन् ।

प्रहरी प्रभाग टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०१७ प ६७०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan