सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा चन्दन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार |
जनकपुरधाम, १० साउनः जनकपुरधाम सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा राजविकुमार साह (चन्दन) चयन हुनुभएको छ ।
सङ्घको जनकपुरधाममा सम्पन्न साधारणसभाबाट साहको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
निर्वाचन समिति संयोजक मनिषरमण साहका अनुसार सङ्घको वरिष्ठ उपाध्यक्षमा सञ्जयकुमार साह, उपाध्यक्षमा श्यामप्रसाद साह, महासचिवमा प्रमोदकुमार साह, सचिवमा दीपककुमार साह र कोषाध्यक्षमा सत्रुधन साह सर्वसम्मतबाट चयन हुनुभएको छ ।
समितिको सदस्यहरूमा प्रवीण साह, अलङ्कारकुमार ठाकुर, श्याम साह, ललन साह, सञ्जय ठाकुर र अङ¬्कित साह चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
