Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार ९ मंगलबार |

भरतपुर, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ । 

चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।  आज राति १२ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । चार हजार ५०० भन्दा बढी मतदातालाई मतदान गर्न आठ घण्टा लाग्ने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan