गणपति ज्वेलर्सका सञ्चालक शक्तिकुमार बेगानी नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा निर्विरोध निर्वाचित
न्यूजअभियान | प्रकाशित मिति : २०८३ जेठ ३१ आइतबार |
काठमाडौं, ३१ जेठ । गणपति ज्वेलर्सका सञ्चालक शक्तिकुमार बेगानी नेपाल रत्न तथा आभूषण संघको ८औँ अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशनबाट बेगानीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
व्यवसायीहरूको साझा संस्था नेपाल रत्न तथा आभूषण संघको नेतृत्वमा निर्वाचित भएपछि उनले रत्न तथा आभूषण व्यवसायको प्रवर्द्धन, व्यवसायीका समस्या समाधान तथा क्षेत्रको संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संघको ८औँ अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालका लागि व्यवसायिक हित, नीतिगत सुधार र बजार विस्तारका विषयलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।
