Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दिल्लीमा भव्य स्वागत, सुस्ता र चिया निर्यातमा कडाइले भारतको संशयपूर्ण व्यवहार देखायो : नेता रावल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ जेठ २२ शुक्रबार |
newsabhiyan

काठमाडौं, २२ जेठ । नेकपाका नेता भीम रावलले नेपालका प्रधानमन्त्रीले आफ्नै देशले सीमा मिचेको र देशलाई अतिक्रमणकारीको संज्ञा दिनु राष्ट्रघाती अभिव्यक्ति भएको बताउनुभएको छ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ सँग कुरा गर्दै प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवार भनाइपछि उहाँलाई पदमा बस्ने कुनै नैतिक छुट नरहेको रावलको दाबी छ।

नेता रावलले कुटनीतिमा स्वागत गरेर झल्काइने माधुर्यता कहिलेकाहीँ चालबाजी मात्र हुन सक्ने उल्लेख गर्दै सम्बन्ध सुधार भव्य स्वागतमा नभई परिणाममा देखिनुपर्ने स्पष्ट पार्नुभयो।

भारतले बेलायतको संलग्नतालाई अस्वीकार गर्दा नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाएकोमा उहाँले कडा प्रश्न उठाउनुभयो।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा ’विगतका कुरा छोडिसकेँ’ भन्ने भनाइले कालापानी, लिम्पियाधुरा र सुस्ता जस्ता संवेदनशील सीमा विवादलाई त्यागेको कुटनीतिक संकेत दिने रावलले प्रष्ट पार्नुभयो।

उता दिल्लीमा भव्य स्वागत भइरहँदा यता सुस्ताको तटबन्ध निर्माणमा अवरोध पु¥याइनु र चिया निर्यातमा कडाइ गरिनुले भारतको संशयपूर्ण व्यवहार दर्शाउने उहाँको तर्क छ।

राणाकालदेखि आजसम्मको इतिहास विश्लेषण गर्नुपर्ने ठाउँमा इतिहास नै बिर्सने कुराले गम्भीर संशय पैदा गरेको भन्दै रावलले राष्ट्रिय सार्वभौमिकताका मुद्दामा सरकारको फितलो कुटनीतिको चर्को आलोचना गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan