कालीगण्डकी ए जलविद्युत् आयोजनाको सबै ड्याम खोलिने, सतर्कता अपनाउन आग्रह
काठमाडौं, २५ वैशाख । कालीगण्डकी 'ए' जलविद्युत् केन्द्रको सरसफाइ एवं मर्मत गरिने भएको छ । आयोजनाले शुक्रवारदेखि मर्मत कार्य सुरु गरिने जनाएको हो ।
आज साँझ ५ बजेदेखि सरसफाइ एवं मर्मत सम्भारका कार्य हुने भएकोले पावरहाउसका ३ वटै मेसिन पूर्ण रूपमा बन्द गरिने भएको छ ।
कालीगण्डकी 'ए' जलविद्युत् केन्द्रमा सरसफाइ तथा मर्मतसम्भार कार्यका लागि ड्यामका सबै गेट खोल्ने जनाएको छ ।
सरसफाइ एवं मर्मतका समयमा सुरुङमार्फत पावर हाउसमा जाने पानी डाइभर्ट गरी ड्यामका सबै गेट खोलिने केन्द्रले जनाएको छ
केन्द्रका अनुसार पावरहाउसका तीनवटै मेसिन पूर्ण रूपमा बन्द गरी सरसफाइ तथा प्राविधिक मर्मतको काम अघि बढाइनेछ ।
सो अवधिमा सुरुङमार्फत पावरहाउसतर्फ जाने पानीलाई डाइभर्ट गरिने र ड्यामका सम्पूर्ण गेट खोल्दा कालीगण्डकी नदीमा पानीको बहाव सामान्य अवस्थाभन्दा बढ्न सक्ने तथा नदी सतह अस्थायी रूपमा उच्च हुन सक्ने अनुमान छ ।
नदी किनार तथा आसपासका बासिन्दा, निर्माण व्यवसायी तथा सर्वसाधारणलाई निर्माणजन्य सामग्री, उपकरण तथा अन्य वस्तुहरू सुरक्षित स्थानमा समयमै सार्न सम्बन्धित निकायको आग्रह छ ।
उक्त समयमा नदी किनार क्षेत्रमा अनावश्यक रूपमा नजान विशेष अनुरोध गरिएको छ ।
कालीगण्डकी 'ए' जलविद्युत् केन्द्रले मर्मत कार्यका कारण हुने अस्थायी जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालालाई केन्द्रका प्रमुख आत्मेश पौडेलद्धारा जारी सूचना मार्फत आग्रह गरिएको छ ।
आयोजनाले नदी किनार आसपास बसोबास गर्ने स्थानीयवासी, निर्माण व्यवसायी तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै, मर्मत कार्य सञ्चालन हुने अवधिमा नदी किनार क्षेत्रमा अनावश्यक आवतजावत नगर्न पनि आग्रह गरिएको छ ।
आयोजनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन सबै सरोकारवालालाई अनुरोध गरेको छ ।
कालीगण्डकी ए जलविद्युत परियोजनाबाट १४४ मेगावाट क्षमताको बिजुली उत्पादन हुने गर्दछ ।
केन्द्रले स्याङ्जा, पाल्पा, गुल्मी र पर्वत जिल्लाका केही भूभाग समेटेको छ । स्याङ्जा बुलेटिनका साथमा ।
