Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालप्रति अमेरिकी चासो र सहयोग पनि, किन आए भारतका अतिरिक्त विदेश सचिव ?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ५ मंगलबार |
newsabhiyan

काठमाडौं, ५ साउन । नेपाली वस्तुलाई अमेरिकी बजारमा पुनः सहुलियत दिन नेपालले गरेको आग्रहलाई अमेरिकाले सकारात्मक जवाफ दिएको छ ।

अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीचको भेटवार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सन् २०१५ देखि सुरू भएको 'नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम' को सीमा सन् २०२५ डिसेम्बरमा समाप्त भइसकेको स्मरण गराउँदै नेपाली वस्तु निर्यातमा सहुलियतको आग्रह गरेकी थिइन् ।

दुबैबीच द्विपक्षीय व्यापार, लगानी प्रबद्र्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा विशेष छलफल भएको थियो ।

मन्त्री गौरीकुमारीले नेपाल–अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा विशेष सहयोग पु¥याउँदै आएकोमा प्रशंसा गर्दै गलैँचा, तयारी पोशाक तथा पश्मिनाजस्ता नेपाली वस्तुमा पुनः सहुलियतपूर्ण बजार पहुँचको सुविधा दिन र जलविद्युत तथा ऊर्जा, पर्यटन, कृषि, उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानी बढाउन आग्रह गरेकी थिइन् ।

कार्यवाहक राजदूत स्कट अबर्म लेअमेरिकी सरकारकोतर्फबाट आवश्यक सहयोग र साझेदारी निरन्तर कायम रहने विश्वास दिलाएका छन् ।

किन आए भारतका अतिरिक्त विदेश सचिव ?
परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेटवार्ता गर्दै भारत सरकारको सन्देश हस्तान्तरण गरेका छन् ।

गोप्य सन्देशको गोप्यता राख्दै परराष्ट्र मन्त्रालयले भनेको छ– नेपाल–भारतबीच द्विपक्षीय विविध विषयमा छलफल भएको छ ।

महावरले परराष्ट्र सचिव अमृत बहादुर राईसँग पनि भेट गरेका छन् ।

भेटवार्तामा नेपाल–भारतबीच जारी द्विपक्षीय सहयोगको प्रगति र प्राथमिकताका क्षेत्रहरूमा साझा कार्यसूचीलाई तयार गर्ने विषयमा गम्भीर छलफल भएको थियो ।

वार्तामा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने सहमति पनि भएको छ ।

संकेत छ, छिटै भारतका प्रम नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनेछन् भने कार्यसूची तयार भएको अवस्थामा नेपालका प्रम बालेन्द्र शाह पनि भारत भ्रमणमा जान सक्नेछन् । गोरखा एक्सप्रेसबाट । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan