Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिजो आफूले गरेका कुकर्म बिर्सदै, यस्तो उमेरमा पनि देउवा दम्पत्तिको रोमान्स

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ५ मंगलबार |
newsabhiyan

काठमाडौं, ५ साउन । मत विद्रोहबाट भारी मत दिएर जनताले झण्डै दुई तिहाई बहुमतमा पुऱ्याएर रास्वपा नेतृत्वमा बालेन्द्र सरकार बनेको चार महिना नपुग्दै जेन-जी आन्दोलन र विद्रोह तथा फागुन २१ को चुनाव परिणामबाट देशको राजनीतिमा ल्याएको उथल-पुथल पछि कुनामा फालिए पनि हिजो सत्ताका मठाधीशहरुमा चेत खुलेको छैन ।

आफूले सत्ता नेतृत्व गर्दा केपी ओलीले अदालतमा दलका झोले र दलालहरु भरेर न्यायपालिकालाई न्यायको पवित्र मन्दिरबाट पार्टीको कार्यालय बनाएर गीत गाएको बिर्सेर बालेन सरकारले सर्वोच्च अदालतमा कुमार शर्मालाई प्रधानन्यायाधीश बनाए पछि त्यहाँ रहेका आफ्ना झोले न्यायाधीशहरुको मानमर्दन भएको भन्दै केपी ओली निकै रन्थनिएको देखिएका छन् ।

दुई दिन पहिले केपी ओलीले गरेको टिप्पणी प्रति बुद्धिजीवी लगायत आम नागरिक चकित छन् । हिजो आफूले कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका कब्जा गरेर चलाएको हुकुमी सत्ताको स्वाद खोसिए पछि रन्थनिएका ओलीले बालेन्द्र सरकारले यी अंग कब्जा गर्न खोजेको आरोप लगाएर हास्यास्पद तमासा गरेका छन् ।

नैतिकता र आँट थियो भने सपना प्रधान, महेश नेपाल तथा दामोदर खड्का लगायतले उसै बेला पदबाट राजीनामा दिएर बाहिर निस्कनु पर्ने जानकारहरु बताउँछन् । तर, पदमा बसेर त्यसको मान र मर्यादा प्राप्त गरेकाहरुले पद छाड्ने कुरै भएन ।

यहाँ वरिष्ठताको कुरा होइन क्षमता र ईमान्दारीताको कुरा हो। ओली मात्र होइन देउवा तथा पुष्पकमल दाहालको सत्ताकालमा भएका मनपर्दी र वेथितीबाट आत्तिएका नागरिकहरु न्यायपालिकामा हने बेथिती र भ्रष्टाचारका विरुद्ध आन्दोलित भएका घटना सम्म पुग्छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले आफ्नो पक्षमा फैसलाका निम्ति न्यायाधीशलाई घुष खुवाएको विषय सर्वविदितै छ ।

त्यसैगरी मुख्य सचिव नियुक्तिमा वरिष्ठ सबैलाई पाखा लगाईयो भनेर आलोचना गर्ने र आफ्नो हक अधिकार खोसियो भन्नेहरु शुरुखुरु सिंहदरवारमा हाजिर जमाएर सरकारी कोषबाट तलव भत्ता बुझिरहेछन् ।

सरकारले बहुमत नहुँदा न्याय परिषदमा बैठक बोलाएन भन्नेहरुको जवाफ दिनु आवश्यक पर्दैन कानूनका जानकारहरु भन्छन् ।

कसरी शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा जयबहादुर चन्दलाई कानून र प्रहरी नियमावली मिचेर प्रहरी प्रमुख बनाउन खोज्दा त्यसका विरुद्ध परेको रीटमा तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलाशले ब्रेक लगाउँदा व्यवस्थापिकामा आफ्नो बहुमत पुगेको निहुमा महाअभियोग लगाएर उनको मानमर्दन गरियो ।

सत्तामा हुँदा केपी ओली र पुष्पकमल दाहालले व्यवस्थापिकामा आफ्नो बलियो कपड हुँदा अख्तियार प्रमुख रहेका लोकमान सिंह कार्की माथि महाअभियोग लगाए माओवादी शिविरमा भएको घोटाल छानविन प्रतिवेदनको आधारमा मुद्दा चलाउने अन्तिम तयारी गरेको थाहा पाएर ब्रेक लगाईयो ।

व्यवस्थापिकामा बहुमतको आडमा सरकारी स्वामित्वको गिरीबन्धु चिया बगानको नाममा रहेको जग्गा सट्टापट्टा गर्ने भन्दै कानून संशोधन गराएर भूमाफियाको हातमा सुम्पन खोजियो ।

आफ्ना सबै पुराना कर्तुत बिर्सेर बालेन नेतृत्वको सरकार चार (४) महिना नपुग्दै लौ सिध्याउन लाग्यो भनेर एमाले अध्यक्ष केपी ओलीको टिप्पणी देख्नेहरु आफू नाङ्गो भएको बिर्सने, उ त नाङ्गिन थालेछ भनेर आरोप लगाउन लाज नभएको बुद्धिजीवीहरु बताउँछन् ।

यस्तो उमेरमा पनि देउवा दम्पत्तिको रोमान्स
सम्पत्ति शुद्धीकरणले जिल्ला अदालतबाट जारी गराएको पक्राउ पूर्जी रोकेको छ ।

ईन्टरपोलले प्रक्रिया नपुगेको भन्दै पक्राउ गरेर पठाउन मानेन। एक मात्र पत्र जयवीरलाई हाजिर हन सम्पत्ति शुद्धीकरणले सात (७) दिने पूर्जी जारी गर्दा उनी सम्पर्क विहीन छन् ।

विवादास्पद विचौलिया दीपक भट्टको कम्पनीबाट साँढे दुई करोड भक्तानी लिएको आरोपमा जयवीर माथि अनुसन्धान जारी छ ।

नेपालमा चार महिना पहिलेसम्म आफू अध्यक्ष रहेको नेपाली कांग्रेसको गगन थापा नेतृत्व र आफू पक्षको कांग्रेस समूहबीच किचलो फुटको संघारमा पुगेको खबर चर्चामा उल्लेख छ ।

वाथरुममा लडेर हात भाँचिएको खवरको काठमाडौँमा उनको पक्षले खण्डन गरेको छ । उमेरले ८० पुग्नै लागेका शेरबहादुर देउवा र ७० पुग्न लागेकी पत्नी आरजु देउवाबीच हङ्गकङ्ग स्थित कनै एउटा रेष्टुरेण्टमा बुढेसकालको रोमान्स चल्दै गरेको फोटो सार्वजनिक भए पछि नेपाल स्थित राजनीति वृत्तमा खुबै चर्चा भइरहेछ ।

नेपाल फर्किना साथ पक्राउ पर्ने सम्भावना छँदैछ । पुत्र जयवीरलाई कुन बेला ईन्टरपोलबाट पक्राउ गरेर काठमाडौं पुयाईन्छ भन्न सकिन्न ।

बुढानिलकण्ठ स्थित उनको नाममा रहेको भग्नावशेष घर र जग्गाको व्यवस्थापनमा रोक लागेको छ । उनकै कारण देशको पुरानो दल फुट्ने सम्भावना बलियो बनेको छ ।

तैपनि यी बुढा देउवा दम्पत्तिको रोमान्सको दृश्यले रोमान्स गर्न उमेरले छेक्दैन भन्ने बुढापाकाको भनाई सत्य सावित भएको मानिदैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan