Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुग्लिन–नारायणगढ सडकमा बस र ट्रक ठोक्किँदा करिब २५ जना घाइते, सडक अवरुद्ध सुचारु (अपडेट)

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३ आइतबार |

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान करिब ७ः१० बजे दुई यात्रुबाहक बस र एक ट्रक ठोक्किँदा करिब २५/२६ जना यात्रु घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको अर्को यात्रुबाहक बस तथा सोही दिशाबाट आउँदै गरेको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ।

दुर्घटनापछि दुवै बस र ट्रक घटनास्थलमै रहेकाले मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा दुईतर्फी अवरुद्ध सडक सुचारु भएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार तथा नेपाल प्रहरीको संयुक्त टोली खटिएर उद्धार, उपचार समन्वय र सडक सञ्चालन गराउने कार्यमा जुटेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan