Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनसरीको कप्तानगञ्जमा दुई समुहबिच सम्प्रदायिक तनाव, प्रहरीको गोली चल्दा एकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार |

सुनसरी । साउन महिनाको बोलबम यात्रामा बजेको डिजेको आवाज अन्ततः सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा रक्तपातमा टुंगिएको छ।

धार्मिक यात्राको उल्लास क्षणभरमै दुई समुदायबीचको हिंसात्मक झडपमा परिणत हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार राति करिब सवा १० बजे बोलबमका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै आएका हिन्दु धर्मावलम्बीहरूको समूहलाई अर्को समुदायका केही व्यक्तिले डिजेको आवाजलाई लिएर विरोध जनाएपछि विवाद सुरु भएको थियो।

सामान्य भनाभनबाट सुरु भएको घटना चाँडै ठेलाठेल हुँदै हिंसात्मक झडपमा परिणत भयो। 

हालसम्म १ जनाको मृत्यु 

५ जना घाईते (१ जना गम्भिर ४ सामान्य )

घाईतेहरु

 जिल्ला सुनसरी देवागंज गा.पा. ४ बस्ने बर्ष २४ को ओमप्रकाश मेहेता मृत्यु , बर्ष २० को अमित कुमार यादव (घाईते), बर्ष १८को अमलेश मेहेता (घाईते), बर्ष २२ को जय प्रकाश मेहेता (घाईते), बर्ष १८ को मियलेश मेहेता (घाईते),बर्ष २८ को हरेराम यादव(घाईते)

स्थिति नियन्त्रणमा लिन प्रहरी चौकी कप्तानगञ्जबाट प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। तर, दुवै पक्षबाट थप मानिसहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्रीसहित घटनास्थलमा जम्मा भएपछि अवस्था झन् विस्फोटक बन्यो।

भीड आक्रामक बनेपछि स्थिति नियन्त्रणबाहिर गएको र त्यसक्रममा प्रहरीलाई गोली चलाउनुपर्ने अवस्था आएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। घटनाले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ—धार्मिक सहिष्णुता कमजोर हुँदै गएको हो कि सामान्य विवादलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र असफल भइरहेको हो?

एउटा डिजेको आवाजबाट सुरु भएको विवादले एक जनाको ज्यान लिनु र दर्जनौं घाइते हुनु सामाजिक सद्भावका लागि चिन्ताजनक संकेत हो। घटनापछि क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अवस्था नियन्त्रणमा रहेको जनाइएको छ।

घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan