Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनसरीमा कर्फ्यु हट्यो, पाँच जनाभन्दा बढी भेला हुन रोक यथावत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार |

सुनसरी । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आज बिहान ७ बजेदेखि हटाइएको छ। यद्यपि शान्ति–सुरक्षालाई मध्यनजर गर्दै देवानगञ्ज गाउँपालिका र हरिनगरा गाउँपालिकाभरि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने गरी निषेधाज्ञा भने यथावत राखिएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको आदेशअनुसार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले क्षेत्रको सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको र जनजीवन सहज बनाउने उद्देश्यले कर्फ्यु हटाइएको जानकारी दिनुभयो।

प्रशासनले स्थानीय बासिन्दालाई कानुनको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। साथै, सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको र परिस्थितिको निरन्तर अनुगमन भइरहेको जनाएको छ।

केही दिनअघि देवानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपपछि तनाव बढेपछि प्रशासनले कर्फ्यु जारी गरेको थियो। पछिल्लो समय अवस्था नियन्त्रणमा आएपछि कर्फ्यु हटाइए पनि सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा भने कायम राखिएको प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan