Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देशभर २४ घण्टामा विपद्का ४१ घटना, २३ लाखबराबरको क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार |

काठमाडौँ, १० साउनः पछिल्लो २४ घण्टामा देशभर ४१ वटा विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट ३७ जिल्ला प्रभावित भएका छन् । विपदबाट कुल रु २३ लाख २३ हजार बराबरको क्षति भएको छ । 

विपद्मा परेर तीन जनाको निधन भएको छ भने १९ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार साउन ९ गते बिहानदेखि १० गते बिहानसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन् ।

विवरणअनुसार सर्पदंश १२, पहिरो ११, बाढी दुई, अविरल वर्षा चार, आगलगाी छ र जनावर आक्रमणका दुई घटना भएका छन् ।  विपद्मा परेकालाई उद्धारका लागि कुल १७५ प्रहरी परिचालन भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan