Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार | (रासस)

चितवन, १२ साउन : नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आज राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि सडकमा सबै किसिमका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।
 
    सूचनामा नारायणगढ–मुग्लिन सडकअन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
 
    सो सडकमा आज दिउँसो तीन पटक पहिरो पन्छाएर सवारीआवगमन सञ्चालन गरिएको थियो । सो ठाउँमा पहिलो पटक पहिरो झरेको हो । मुग्लिनबाट सात सय मिटर नारायणगढतर्फ खहरे पुलमा ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो निरन्तर खसिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan