श्री सर्वोदय माध्यमिक विद्यालय र भ्यूडहर सुनपुर, दाङस्थित श्री विरेन्द्र माध्यमिक विद्यालयमा सहयोग
एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुन्दरबजार, लमजुङस्थित श्री सर्वोदय माध्यमिक विद्यालय र तुलसीपुर उप–महानगरपालिका–१, भ्यूडहर, सुनपुर, दाङस्थित श्री विरेन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शिक्षा वृद्धिमा सहयोग गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुका लागि विद्यालय पोशाक, झोला र शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।
हाल १८३ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ २३ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका बेसीशहर शाखाका निमित्त शाखा प्रमुख श्री कंवलजीत सिंह सन्धुज्यूले उक्त विद्यालयका सह प्रधानाध्यापक श्री लाल बहादुर गुरुङज्यूलाई विद्यार्थीहरुलाई प्रदान गर्ने गरी विद्यालय पोशाक, झोला र शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभयो । त्यसैगरी, बैंकले तुलसीपुर उप–महानगरपालिका–१, भ्यूडहर, सुनपुर, दाङस्थित श्री विरेन्द्र माध्यमिक विद्यालयमा झोला र शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । ३८३ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ २५ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका घोराही सर्कल प्रमुख विनोद प्रसाद जैसी र तुलसीपुर शाखाका शाखा प्रमुख श्री राजिभ ओलीज्यूले संयुक्तरुपमा उक्त विद्यालयमा प्रधानाध्यापक श्री टोपबहादुर घर्तीज्यूलाई झोला र शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । उक्त सहयोग हस्तान्तरण कार्यक्रमहरुमा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
