Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आर्थिक गणना कार्यालय स्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०८२ चैत ४ बुधबार | रासस

 नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ४ चैतः पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा जिल्ला आर्थिक गणना कार्यायलको स्थापना गरिएको छ । 

जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा बसेको बैठकले कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अधिकारी यज्ञमूर्ति भण्डारीले बताउनुभयो । चैत महिनाभरि गणनाका लागि आन्तरिक तयारी पूरा गरिने उहाँले बताउनुभयो । यसका लागि सात सुपरिवेक्षक र ४८ गणक खटिएका छन् ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ जिल्लाभरि दर्ता भएका र नभएका उद्योग प्रतिष्ठान तथा सानादेखि ठूला व्यवसायीकहाँ पुगेर गणना गरिने छ । गणनाका लागि गणकलाई दुई फारम दिइने गणना अधिकारी भण्डारीले बताउनुभयो । जसमा पहिलो सूचीकरण फारम हुन्छ भने अर्को मुख्य प्रश्नावली फारम हुन्छ ।

कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने उहाँले बताउनुभयो । अभियान सफल पार्न सरोकारवालासँग जिल्लास्तरीय अन्तरक्रिया र स्थानीय तहसँग सचेतना गोष्ठीलगायत कार्यक्रम गरिने गणना अधिकारी भण्डारीले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan